कार्य व्यस्तताका बावजुत पनि आफ्नो अमूल्य समय दिएर कर्णाली प्रदेश, जाजरकोट जिल्ला, रातामाटामा स्थापना भएको यस कम्पनीको शाखा कार्यालय, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको समुद्घाटन कार्यक्रममा कम्पनीलाई जडीबुटीको सम्भाव्य विकास तथा प्रवर्द्धनको लागी सल्लाह सुझाव प्रदान गरी कम्पनीको हौसला बढाईदिनुभएकोमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री श्री ऐन बहादुर शाही ठकुरीज्यू , प्रतिनिधि सभा सदस्य, माननीय श्री मैना कार्कीज्यू, कर्णाली प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री श्री सुरेश अधिकारीज्यू, कर्णाली प्रदेश सभा सांसद माननीय श्री वेदराज सिंहज्यू र जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीज्यूहरु लाई समस्त जडीबुटी परिवार आभार प्रकट गर्दछ।