यस जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कर्णाली प्रदेश, जाजरकोट जिल्ला, रातामाटामा स्थापना भएको शाखा कार्यालय, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको समुद्घाटन कार्यक्रम नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री श्री ऐन बहादुर शाही ठकुरीज्यूको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको छ | उक्त समुद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य, माननीय श्री मैना कार्कीज्यू, कर्णाली प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री श्री सुरेश अधिकारीज्यू, कर्णाली प्रदेश सभा सांसद माननीय श्री वेदराज सिंहज्यू र जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीज्यूहरुको विशिष्ट आतिथ्यता रहेको थियो ।