नेपालमा पाइने जडीबुटीहरुको अन्तर्राष्ट्रिय बजारीकरण गर्नको लागी जडीबुटी कम्पनीको महाप्रबन्धक संगीता यादव ज्यू र उत्पादन प्रबन्धक उषा रिजाल ज्यूबाट मे २८ मा थाईलैंड स्थित नेपाली राजदुताबासले आयोजना गरेको B2B मिटिंगमा सहभागीहरुलाई विभिन्न जडीबुटीबाट उत्पादित सुगन्धित तेल र हर्बल केयर प्रोडक्टहरुको बारेमा जानकारी प्रदान गरिएको थियो।मिटिंगको लागि साथ,सहयोग एबम सहजीकरण गरिदिनु भएकोमाथाईलैंड स्थित नेपाली राजदुत महामहिम श्री धन बहादुर ओली ज्यूलाई समस्त जडीबुटी परिवार आभार प्रकट गर्दछ।