धन्वन्तरी जयन्तीको अवसरमा विगत लामो समयदेखि नेपाली हर्बल केयर प्रोडक्ट उत्पादनको क्षेत्रमा आफ्नो विशेष योगदान स्वरुप जटा केश हेयर आयल निकाल्न सफल यस ज. उ. प्र. कं. लि का प्रबन्धक श्री उषा रिजाल ज्यूलाई यस कम्पनीका महाप्रबन्धक श्री संगिता यादव ज्यूबाट सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरिएको छ र उहाँको उल्लेखनिय योगदानप्रति यस कम्पनी निकै आभारी छ।