यस जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको १३औँ बार्षिक साधारण सभा मिति २०८१/०९/०८ गते कानून मन्त्रालयको सभाहल, सिंहदरबार, काठमाडौँमा सम्पन्न भयो। उक्त साधारण सभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष डा. सिन्धु प्रसाद ढुंगानाज्यूले गर्नुभयो।प्रमुख अतिथिका रुपमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका श्रीमान् सचिव डा. दिपक कुमार खरालज्यू साथै वन तथा वातावरण मन्त्रालयका सहसचिव ज्यूहरु, महानिर्देशक ज्यूहरू, उप- सचिव ज्यूहरू र उपमहानिर्देशक ज्यूहरूको उपस्थिति रहेको थियो | सञ्चालक सदस्यहरु, शेयरधनी तर्फबाट कृषि विकास वैँक लिमिटेड, महालेखा नियन्त्रक कार्यालय, नेपाल वन पैदावार समिति, नेपाल औषधी लिमिटेडका प्रतिनिधि र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीहरुको उपस्थितिमा कम्पनीको १३औँ बार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ |