जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सहकार्यमा श्री कमलामाई वन उपभोक्ता समूह कल्याणपुरले आयोजना गरेको
जडीबुटी खेती शुभारम्भ तथा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना सम्बन्धी अन्तरक्रियात्मक छलफलकार्यक्रम सिरहा जिल्लाकाे कल्याणपुरमा सफलतापूर्वक सम्पन्न गरिएको छ।

जडीबुटी खेतीलाई विस्तार गर्ने हेतुले लक्षित गरिएको उक्त कार्यक्रममा
प्रमुख अतिथिमा नेपाल सरकार वन तथा वातावरण मन्त्री, माननीय डा. विरेन्द्र प्रसाद महतो, विशिष्ट अतिथिमा मधेश प्रदेश सरकार वन तथा वातावरण मन्त्री, रमेश प्रसाद कुर्मी लगायत जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष डा.सिन्धु प्रसाद ढुंगानाज्यूको विशिष्ट आतिथ्यतामा अन्तरक्रियात्मक छलफल कार्यक्रम सुसम्पन्न भएको थियो।