नेपाल सहित ५५ भन्दा बढी देशको सहभागितामा दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी (एग्रीटक्यू) २०२३ मा नेपाली कृषि प्रदर्शनीको नेपाली राजदुतावास कतारका महामहिम डाक्टर नरेश बिक्रम ढकालले उद्घाटन गरेका थिए।

नेपालमा पाइने जडिबुटीहरुको अन्तर्राष्ट्रिय बजारीकरण गर्नकोलागी जडीबुटी कम्पनीको महाप्रबन्धक संगीता यादव ज्यूबाट दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा सहभागीहरुलाई विभिन्न जडिबुटीबाट उद्पादित सुगन्धित तेल र हेर्बल केयर प्रोडक्टहरुको बारेमा जानकारी प्रदान गरिएको थियो।

कतारको नगरपालिका तथा वा तावरण मन्त्रालयले आयोजना गरेको १० औ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालमा उत्पादित जडीबुटी हर्वल,नेपालि चिया, अलैची,अदुवा, डेरीका उत्पादित वस्तुहरु राखिएका थिए।