मिति २०७९ असोज २९ गते शनिवार जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको १२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।उक्त साधारणसभाका प्रमुख अतिधि वन तथा वातावरण मन्त्रालयका सचिव डा.पेम नारायण कंडेलज्यूले पानसमा बत्ती बाली सभाको उदघाटन गर्नु भएको थियो ।

उक्त साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.सिन्धु प्रसाद ढुंगानाज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रममा कम्पनीका महाप्रवन्धक संगीता यादबले स्वागत मन्तव्य राख्नु भएको थियो भने कम्पनी रजिष्टर कार्यालयका श्री विष्णु प्रसाद पौडेलले साधारणसभा सफलताको शुभकामना दिनु भएको थियो ।साधारणसभामा सतप्रतिशत शेयरधनि संस्थाको उपस्थिती रहेको थियो ।