नेपाल सरकार मन्त्रिपरिषदको निर्णय वमोजिम यस जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई जडीबुटी भण्डारण तथा प्रशोधन इकाई स्थापना तथा संचालनका लागि गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाको वडा नं. ५ मा रहेको छाङखोला सामुदायिक वन क्षेत्र खण्डको ०.८३ हेक्टर राष्ट्रिय वनको जग्गा प्राप्ति एवं भोगाधिकारको लागि वन तथा भू-संरक्षण विभाग बिच सम्झौता भएको छ |
यस सम्झौता जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको लागि कोशेढुंगा सावित हुने विश्वास छ र उक्त कार्य सफल पार्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने वन तथा वातावरण मन्त्रालय, वन तथा भू-संरक्षण विभाग, वनस्पति विभाग, यस कम्पनीका अध्यक्ष श्री सिन्धु प्रसाद ढुंगाना, यस कम्पनीका महाप्रबन्धक श्री संगिता यादव लगायत सम्पुर्ण जडीबुटी परिवारलाई यस कम्पनीको तर्फ बाट हार्दिक धन्यवाद ज्ञापन व्यक्त गर्दछौँ |