२०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले २२ वर्षपछि दक्ष, योग्य र सक्षम जनशक्ति पाएको छ।कम्पनीको दैनिक कार्य संचालनका क्रममा रिक्त हुन आएका पदमा मिति २०७९/११/१२ मा गोरखा पत्रमा प्रकाशित विज्ञापन नं. १०।२०७९-८० देखि ३२।२०७९-८० मा लोकसेवा आयोगबाट लिएको खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षाबाट सर्वोत्कृष्ट छनौट भएका योग्यता क्रमका आधारमा ८ जना अधिकृतस्तर तथा १७ जना सहायकस्तर गरी जम्मा २५ जना नवनियुक्त कर्मचारीहरुको कम्पनीमा प्रवेश भएको छ।यसका साथै कम्पनीको हितमा सदा इमानदार, कर्तव्यनिष्ठ एंव अनुशासित भई कामकाज तथा जिम्मेवारी बहन गर्ने गरी मिति २०८०।०७।१९ मा स्थायी नियुक्ति दिदैँ कम्पनीको महाप्रबन्धक संगीता यादव ज्यूबाट नवनियुक्त कर्मचारीहरुलाई सपथ ग्रहण तथा परिचयात्मक कार्यक्रम सम्पन्न गराई विभिन्न सेवा, समूह र शाखामा पदस्थापन समेत गरिएको छ।नयाँ पिढीको आगमन सँगै कम्पनीमा कार्यरत कर्मचारीहरुमा नयाँ जोश जागर सिर्जना भएको छ। साथै कार्य सम्पादन शैलीमा समेत सुधार, वैज्ञानिकता, आधुनिकता आउने भएकोले आगामि दिनहरुमा यस जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको उत्पादन र उत्पादकत्व वुद्धि हुने अपेक्षा समेत गरिएको छ।